अझै सवा ४ करोड अमेरिकी गरिबीमा
8:15 PM
एजेन्सी – अमेरिकामा गत वर्ष मध्यमवर्गीय घरधुरीको आम्दानी उकालो लागेको छ ।
यो वृद्धि सन् २००७ यताकै ठूलो हो । यसले गरिबीमा जीवनयापन गरिरहेकाहरुको संख्या ४ करोड ३१ लाखमा झार्न सहयोग गरेको संघीय सरकारको तथ्यांकले देखाएको छ ।
गत वर्ष २ करोड ९० लाखको मात्रै स्वास्थ्य बिमा थिएन । यो अघिल्लो वर्षको ३ करोड ३० लाखको दाँजोमा कमभएको तथ्यांक विभागले जनाएको छ । कारोबार दैनिकबाट
0 comments