जंगली हात्ती र बाघको आक्रमणमा परी २ को मृत्यु
8:48 AM
काठमाडौं, १ असोज । पर्सा र चितवनमा जंगली हात्ती र बाघको आक्रमणमा परी २ को मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्सा : मधुवन मथौल–३ स्थित जंगलमा गाईबस्तु चराउन गएको अवस्थामा मधुवन मथौल–५ बस्ने ५२ वर्षीय चतुरे थारुलाई शुक्रबार जंगली हात्तीले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
चितवन : खैरहनी नगरपालिका–१२ स्थित राष्ट्रिय निकुञ्जको जंगलमा घाँस दाउरा लिन गएका खैरहनी–११ जनकपुर टोल बस्ने ५२ वर्षीय लेखनाथ बर्तौलाको शुक्रबार बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।
0 comments