तामाको भाँडामा राखेको पानी पिउनुका फाइदै फाइदा !

4:58 AM

water-768x485



हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ ।दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् ।आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः




. तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ कम गर्न रामवाण सिद्ध हुन्छ ।

· तामाको भाडामा राखेको पानीमा घुलेको तामा तत्वले सरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।

· तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ र पाचन क्रिया पनि सुधि्रन्छ ।

· तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम हुन्छन् ।

· तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

· तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

· शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

· तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।

· तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images