मेसीले तोडे ५० वर्ष पुरानो कीर्तिमान, अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता’

4:49 AM

timthumb

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले मंगलबार च्याम्पियन्स लिगअन्तर्गत सेल्टिकलाई पराजित गर्ने क्रममा गरेको हयाट्रिकले एउटा मात्र होइन, थुप्रै इतिहास रचेको छ।
उनले च्याम्पियन्स लिगमा आफ्ना प्रतिद्वन्द्वी रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले बनाएको हयाट्रिकको संख्यालाई उछिनेका छन्। यस्तै, ५० वर्षअघि आफ्ना देशका चर्चित स्ट्राइकर अलफ्रेडो डि स्टेफानोको गोलको इतिहासलाई पनि पछि छाडेका छन्। मेसीले आधिकारीकता प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल संख्या ५ सय १५ पुर्याएका छन्।
यसअघि स्टेफानोको नाममा सर्वाधिक ५ सय १४ गोल गर्ने इतिहास थियो। मेसीको भने बार्सिलोनाबाट यो ४ सय ५९ गोल हो। बाँकी उनले राष्ट्रिय टोलीका लागि गरेका थिए। स्टेफानोले रिभर प्लेट, हुरिकान, मिलियोनारियोस, रियल म्याड्रिड र इस्पान्योलबाट खेल्ने क्रममा ४ सय ८५ गोल गरेका थिए। बाँकी उनले देशका लागि गरेका थिए।
स्टेफानोले अर्जेन्टिनाबाट मात्र होइन, स्पेनको राष्ट्रिय टोलीबाट पनि फुटबल खेलेका थिए। रमाइलो कुरा, उनले केही खेल कोलम्बियाबाट पनि खेलेका थिए। तर, त्यो खेललाई फिफाले मान्यता दिएन। स्टेफानोको निधन २ वर्षअघि भएको थियो। उनले सन् १९६६ मा फुटबलबाट सन्यास लिएका थिए। उनी मंगलबारसम्म अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता थिए।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images