सङ्गीतकर्मी सुनिल बर्देवाको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तिम दाह संस्कार

7:07 PM



काठमाडौँ,  सङ्गीतकर्मी सुनिल बर्देवाको पशुपतिस्थित आर्यघाटमा आज साँझ हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । चवालीस वर्षीय बर्देवाको मङ्गलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । उहाँको शवलाई छोरा स्वयम बर्देवाले दागबत्ती दिनुभएको सङ्गीतकार सुरेश अधिकारीले जानकारी दिनुभयो।

उहाँको कमलपित्तका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको दुई छोरी एक छोरा रहेका छन् । बर्देवा गायन, सङ्गीतकार तथा गिटारिस्ट सबै विधामा उत्तिकै निपूर्ण मानिनुहुन्छ । उहाँले गाएको ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीत निकै कर्णप्रिय र चर्चित छ ।


उहाँका चार गीतिसङ्ग्रह सार्वजनिक भएका छन् भने हजारभन्दा बढी गीतमा उहाँले एरेन्जरका रुपमा काम गर्नुभएको छ । जसमा जब म, मेरो गितार, बेस्ट अफ सुनिल बर्देवा लगायतका गीतिसङ्ग्रह छन् ।

त्यस्तै बिहानीमा अनि साँझमा, जब म लगायत गीत निकै चर्चित छन् । उहाँले नवीन के भट्टराई, निमा रुम्बा, राजु लामालगायत चर्चित गायकसँग काम गर्नुभएको छ । काठमाडौँको धुम्बाराही निवासी उहाँको श्रीमतीको केही वर्ष पहिले नै निधन भइसकेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images