३२ जिल्लामा फैलियो स्क्रब टाइफस: ६ को मृत्यु, २२२ संक्रमित

8:25 PM



काठमाडौँ, २७ भदौ - गत वर्षदेखि नेपालमा देखिएको नयाँ रोग स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३२ जिल्लामा २ सय २२ जना स्क्रब टाइफसका बिरामी देखा परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ। 

चितवन, नवलपरासी, सिन्धुली, कैलाली, धनकुटा, भोजपुर, संखुवासभा, नुवाकोट, बागलुङ, गोरखा, बारा, पर्सा, महोत्तरी, सर्लाही, इलाम, मोरङ, सुनसरी, झापा, तनहुँ, रुकुम, मकवानपुर, काभ्रे, काठमाडौं, धादिङ, रुपन्देही, लमजुङ, तेह्रथुम, उदयपुर, गुल्मी, पाल्पा, प्युठान र रौतहटमा स्क्रब टाइफसका बिरामी देखिएका छन्। 

सामान्य अवस्थामा अस्पताल पुगिहाले सजिलै निको हुने यो रोगको उपचारमा ढिलाइ गरे ज्यानै जान सक्ने भन्दै चिकित्सहरूकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाव दिएका छन्। इपिडामियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले रोगको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि प्रयास जारी रहेको बताए।

पर्याप्त मात्रामा औषधि स्टक रहेको, उपचारको प्रोटोकोल बनाएर संक्रमण देखिएका जिल्लामा पठाइएको र जनचेतनाका लागि जिल्लाको ‘¥यापिड रेस्पोन्स टिम’ सक्रिय रहेको उनले जानकारी दिए।

स्क्रब टाइफस के हो ?

स्क्रब टाइफस सजिलै पत्ता लाग्दैन। चिकित्सहरूका अनुसार यो सामान्य रोग हो, तर उपचारमा ढिलाइ भए बिरामीको मृत्युसमेत हुन सक्छ। 

यो एक प्रकारको ज्वरोजन्य रोग हो। सामान्यतया जंगली झाडी र खुला ठाउँको बीचको भू-भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस रहन गएको हो। यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा ९माइट०को टोकाइबाट फैलिन्छ। 

यो कीरा मुख्यतः खेत, झाडी, घाँस, नदीको छेउछाउ आदि ठाउँमा रहने मुसा प्रजातिका जनावरमा पाइन्छ। यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि आफैं झर्छ। साभार : कारोबार दैनिक

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images