पानीको खाल्डोमा डुवेर डेढ बर्षीया बालिकाको मृत्यु
7:02 PM । बाँकेको उढरापुरमा पानीको खाल्डोमा डुवेर एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको उढरापुर गाविस वार्ड नं. ४ बस्ने कबिता राना क्षेत्रीको डेढ बर्षीया छोरी गोमा रानाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घर नजिक रहेको पानीको खाल्डोमा डुवेर सिकिस्त भएकी रानाको उपचारका लागि नेपालगंज मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
0 comments