सूर्यपटुवाको डल्लामा जंगली हात्तीको आक्रमणमा परी दुईजनाको मृत्यु
7:01 PMगुलरिया, ०१ असोज - बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जंगली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ।
सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जंगली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो।
त्यस्तै, बिहीबार राति नै सात बजे खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारू पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा जंगली हात्तीको आक्रमणबाट घाइते भएका र उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ ।
उनीहरुको शव परीक्षणका लागि बर्दिया ल्याइँदै गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिए ।
0 comments