चीनमा ठूलो हुन्डरी:८ सय ७१ वर्ष पुरानो पुल भत्कियो
4:41 AM
चीनको फुजियाङ प्रान्तमा आएको शक्तिशाली हुन्डरीका कारण ८ सय ७१ वर्ष पुरानो काठको पुल भत्किएको छ। पुल योङचुन जिल्लामा थियो। फुजियाङ प्रान्तमा ४८ मिटर प्रतिसेकेन्डको वेगमा हुन्डरी चलेको थियो। डोङ्ग्आन नाम गरेको पुललाई चिनियाँ सरकारले संरक्षण गरेर राखेको थियो। सोङ वंशको पालामा सन् ११ सय ४५ मा पुलको निमार्ण भएको थियो।
चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार फुजियाङमा आएको हुन्डरीका कारण एकै समय ३२ लाख घरको विजुली निभेको थियो। बिहीबार आएको हुन्डरीका कारण अहिलेसम्म १४ लाख ४० हजार घरको विजुली निभेको अवस्थामा छ। हुन्डरीमा एक व्यक्तिको निधन र ५१ जना घाइते भएको बताइएको छ। तीव्र हावाका कारण सियामेन शहरको रुख ढलेको थियो। झयालका सबै सिसाहरू फुटेका छन् र पानीको आपूर्ति पनि ठप्प छ।
0 comments