गरिबलाई निःशुल्क उपचारका लागि तोकियो अस्पताल, ८ रोगको निःशुल्क उपचार

5:01 AM

काठमाडौं । सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ ।


मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचारका लागि अस्पताल निर्धारण गरिएको हो ।

क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँ बानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली तोकिएको छ ।

यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताल तोकिएको छ ।

यस्तै मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौं तोकिएको छ ।

सिकलसेल रोगको उपचारका लागि नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलवस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल तोकिएको छ ।

हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्या) को निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताल तोकिएको छ ।

यस्तै पार्किन्सन्स र अल्जाइमर्सका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज र पाटन अस्पताललाई तोकिएको छ ।

पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवश त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images