बारामा खोलाले बगाएर एक दम्पतीको मृत्यु

10:27 PM



बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताउनुभयो ।

मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ । रासस

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images