प्रधानमन्त्रीविरुद्व खनिए ओली : स्कुल कलेजबाट जम्मा गरेर ल्याइएका भाईबहिनीलाई ५ लाख र भगौडालाई २ लाख किन ?

8:35 PM

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।

प्रचण्डले आज संसदमा गरेको संबोधनको आलोचना गर्दै ओलीले जनताको हितमा केहि नबोलेको तर आफ्ना कार्यकर्तालाई भने पोस्ने खालको कुरा गरेको दाबी गरे ।kp oli

प्रधानमन्त्रीले युद्धका क्रममा भएका घाइते तथा अपाङ्गलाई पाँच लाख दिने संसदबाट घोषणा गरेको प्रति व्यङ्ग्य गर्दै बासुदेब, विद्यादेवी गुठीद्वारा ललितपुरमा आयोजित कार्यक्रमा उनले भने, ‘ आफूले स्कुल कलेजबाट जम्मा गरेर ल्याएको भाईबहिनीहरुलाई पहिला पाँच लाख दिनु भएको थियो, अहिले फेरि पाँच लाख नै दिन्छु भन्नु भएको छ ।’

उनले अयोग्य लडाकूहरुलाई प्रचण्डले दुई लाख दिन्छु भन्नु पनि गलत भएको बताए । उनले भने, ‘ क्यान्टेनमेन्टमा बस्दा खेरी ल्याएका नक्कली लडाकू तथा भगौडाहरुलाई दुई लाख दिन्छु भनिएको छ, यो गलत छ ।’

यस्तै भूकम्प पीडितलाई दिनै नसकिने राहतको घोषणा गरेर प्रचण्डले सस्तो लोकप्रियता कमाउन खोजेको तर वादीपहिरो पीडित र गरीव जनताको पक्षमा भने केहि नबोलेको आरोप लगाए ।

उनले आफू प्रधानमन्त्री हुँदा एउटा सिस्टमको निर्माण गर्न खोजेको तर त्यो बन्न नपाउँदै हटाइएको पनि गुनासो गरे ।

उनले विदेशमा स्वाभिमानको आन्दोलन चलाइने तर आफू र आफ्नो पार्टीले स्वाभिमानको कुरा गर्दा प्रधानमन्त्रीबाटै हटाइएको भन्दै गुनासो समेत गर्न भ्याए ।
सो अवसरमा ओलीले कलाकार सन्तोष पन्तलाई बासुदेब– विद्यादेवी स्मृति पुरस्कारबाट सम्मानित गरेका थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images