सुनसरीको धान खेतबाट पेट्रोलियम पदार्थले मुल फेला, पुरै खेतमा पेट्रोल बग्न थाल्यो

3:52 AM

सुनसरी । सुनसरीमा सम्भावित पेट्रोलियम पदार्थको मुल फेला परेको छ । सुनसरी नरसिंह ३ स्थित एक धान खेतमा जमिन मुनीबाट ठुलो भुल्काका साथ पानी माथी तैरिने गरि पेट्रोलियम पदार्थ जस्तै तरल पदार्थ निस्किरहेको छ ।

सो धान खेतमा जमिन मुनीबाट निस्किएको तेल पानीले भरीएको धान खेतको सतहमा माथी तैरिएर बगीरहेको छ । स्थानीय बेचनी खातुनको धान खेती गर्दै आएका मो।ताहिर मन्सुरीले खेतमा धान गोडने क्रममा जमिन मुनीबाट तेल निस्किएर दक्षिण तर्फ पानीले भरीएको धान खेतमा करिब २०० सय मिटर सम्म बग्दै गएको देखे पछी सो स्थानमा तेल आशंका गरिएको छ ।

शुक्रवार दिउँसोदेखी जमिन मुनी बाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्दा पुरै धान खेती नष्ट हुने अवस्था आए पछि तेल निस्कीएको दुलो माटो हालेर पुरिएको मो।ताहिर मन्सुरीले बताएका छन ।

खेत धनी मुजीवर रहमानले तेलको गन्धले पुरै खेत गन्हाएको र तेल डिजेल मट्टीतेल जस्तै गन्ध आईरहेको बताए ।

अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ । प्रहरी सहायक निरीक्षक चौधरीले खेत आसपास सवै तिर पानी माथी तेल बगेर तैरिरहेका हुदाँ तेलको गन्ध र तेल जस्तो पदार्थ जमिन मुनी बाट निस्कीरहेको बताए ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images